काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग साँठगाँठ गरेको आरोप लाग्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध पार्टी मुख्यालयमै नारावाजी भएको छ। भातृ संगठनको ब्यानरमा उपस्थित भएका काँग्रेसका कार्यकर्ताले सभापति विरुद्ध नारावाजी गरेका हुन्।
पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन एक घन्टा ढिलोगरी पुगेका सभापति देउवासँग नेपाल विद्यार्थी संघका कार्यकर्ताले सोधेका थिए - विधान कहाँ छ? भातृ संगठनहरुको अधिवेशन गराउन नसकेको आरोप खेप्दै आएका सभापति देउवा सरकारविरुद्ध कमजोर खालको आन्दोलनमा उत्रिएकोमा चर्को दवाव छ।
आज सभापति देउवालाई आफ्नै कार्यकर्ताले प्लेकार्ड देखाउँदै प्रश्न गरेका हुन्। पार्टीको विधान नचिन्नेले संविधान नचिन्ने, देश नचिन्नेले पार्टी चिन्दैन भन्दै उनको आलोचना गरेका थिए।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध कार्यकर्ताले नारावाजी गरेका छन्। पार्टी कार्यालय सानेपामा उनी पुगेलगत्तै उनीविरुद्ध नारावाजी भएको हो। https://t.co/QZJNZ6T8Q8 pic.twitter.com/CWE8dVLAil
— PahiloPost (@PahiloPost) January 26, 2021
