PahiloPost

Jun 15, 2026 | १ असार २०८३

प्रम र पूर्व सभामुख ढुंगानाविरूद्ध अवहेलना मुद्दा दायर, पूर्व प्रधानन्यायाधीशविरूद्ध किन भएन दर्ता?



पहिलोपोस्ट

प्रम र पूर्व सभामुख ढुंगानाविरूद्ध अवहेलना मुद्दा दायर, पूर्व प्रधानन्यायाधीशविरूद्ध किन भएन दर्ता?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सभामुख दमननाथ ढुंगानाविरूद्ध सर्वोच्च अदालतमा 'अदालतको अवहेलना' मुद्दा दर्ता भएको छ। 
अधिवक्ताहरू कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले 'बाजे वकिलको तमासा' भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अन्य अभिव्यक्तिहरुमा समेत आपत्ति जनाउँदै अवहेलना मुद्दामा दर्ता गराएका हुन्। 

त्यसैगरी, 'न्यायाधीशलाई अदालतबाट तानेर सडकमा ल्याउने दिन आउन सक्छ' भन्ने अभिव्यक्तिलाई लिएर पूर्व सभामुख दमननाथ ढुंगानाविरूद्व राजाराम घिमिरेले रिट निवेदन दर्ता गराएका हुन्। 

प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भन्ने पूर्व प्रधान न्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्माविरूद्ध लोचन भट्टराईले ल्याएको रिट निवेदन भने सर्वोच्च अदालतमा दर्ता भएन। 

म्याद तामेल गर्ने ठेगाना उल्लेख नभएकाले उक्त मुद्दा दर्ता नभएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। 'ठेगाना मिलाएर ल्याए दर्ता हुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell