PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कोभिड-१९ को संक्रमणबाट थप ६ जनाको मृत्यु, कर्णालीका तीन जिल्लामा सून्य सक्रिय संक्रमित



पहिलोपोस्ट

कोभिड-१९ को संक्रमणबाट थप ६ जनाको मृत्यु, कर्णालीका तीन जिल्लामा सून्य सक्रिय संक्रमित

काठमाडौं :  कोभिड-१९ को संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या दुई हजार ११ पुगेको छ। यो कुल संक्रमितको ०.७५ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जना संक्रमित पहिचान भएका छन्। चार हजार ८५८ जनाको नमुना परीक्षणका क्रममा १३३ महिला र २०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४०१ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हालसम्म नेपालमा दुई लाख ६४ हजार ५३८ जना संक्रमण मुक्त भएका छन्। यो कुल संक्रमितको ९८.१ प्रतिशत हो। हालसम्म नेपालमा दुई लाख ६९ हजार ७८९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ।

हाल नेपालमा कुल संक्रमितको १.२० प्रतिशत सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जुन तीन हजार २४० हो।

हाल कालिकोट मुगु र रुकुम पश्चिममा सक्रिय संक्रमितको संख्या सून्य छ। भने काठमाडौंमा सबै भन्दा बढी एक हजार ८०५ जना संक्रमित आइसोलेसनमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell