PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रतिनिधिसभा विघटन बिरुद्ध काँग्रेसको तीन दिने सडक आन्दोलन घोषणा, ३० गते देशभर प्रदर्शन



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटन बिरुद्ध काँग्रेसको तीन दिने सडक आन्दोलन घोषणा, ३० गते देशभर प्रदर्शन

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तीन दिने सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। तीन दिनको सडक आन्दोलन हुने नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए। माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक सस्था र ३० गते जिल्लामा आन्दोलनको घोषणा गर्ने भएको हो।

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर सरकार संचालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी प्रष्ट रुपमा विभाजित अवस्थामा पुगेको छ। प्राविधिक हिसाबले पार्टी एक भए दुई धारका नेताबीच चर्को आरोप प्रत्यारोप जारी छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह सडक आन्दोलनमा छन्।

नागरिक समाज पनि विरोधका कार्यक्रमसहित सडकमा नै छ। तर, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रभावकारी रुपमा विरोधका कार्यक्रम गर्न सकेको छैन। काँग्रेस सभापति अदालतको निर्णय मान्य हुने भन्दै चुप झैं देखिएका छन्। यस विषयलाई लिएर सभापति देउवाको विरोध पार्टी भित्र नै हुन थालेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल संघर्षका कार्यक्रम सहित आन्दोलित हुनुपर्ने पक्षमा देखिएका छन्।

पार्टी सभापति देउवामाथि प्रधानमन्त्री केपी शर्मा ओलीसँग साँठगाँठ गरेको आक्षेप लाग्दै आएको छ। नेताहरुबिच सहमति जुट्न नसक्दा आज १ बजेलाई डाकिएको पार्टी केन्द्रीय समिति बैठक ४ बजेबाट मात्र सुरु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell