PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

छोरीलाई कलम मात्र होइन, तरबार पनि बोक्न सिकाउनुहोस् : रेखा थापा  



पहिलोपोस्ट

छोरीलाई कलम मात्र होइन, तरबार पनि बोक्न सिकाउनुहोस् : रेखा थापा  

काठमाडौं : अभिनेत्री रेखा थापाले छोरीलाई कलम मात्र होइन हातमा तरबार पनि बोक्न सिकाउनुपर्ने बताएकी छिन्।

राष्ट्रिय एकता परिषदद्रारा आयोजित 'महिला हिंसाको कारक एव समाधानका उपाय' विचार गोष्टी मा उनले यस्तो अभिव्यक्ति दिएकी हुन्।

'यदि छोरी मान्छेलाई एक हातमा कलम र अर्को हातमा तरवार दिने हो भने यो दुनिया कसरी चलाउनुपर्छ राम्रोसँग थाहा छ उनीहरुलाई,' उनले भनिन्, 'तर यहाँ स्वस्थानीको नैतिकताको पाठ पढाइन्छ। महिलालाई नबोल संस्कारी बन्। सहेर बस भनिन्छ अनि कसरी हिंसारहित समाज निर्माण हुन्छ?'

भित्र दमित हुने तालिम दिएर बाहिर लडाकु छोरी खोज्नु गलत भएको उनको तर्क थियो।

'दुईचार दात खुस्किएछ भने नि नो प्रोब्लम। खुस्काइदिनुहोस्। कहिलेसम्म डराएर बस्ने? कहिलेसम्म बुबा, प्रेमी दाजुभाइ र श्रीमानको सुरक्षामा बाँच्ने?' रेखाको प्रश्न थियो।

महिलाले हस्तक्षेप गर्नुपर्ने र आक्रामक हुनुपर्ने धारणा राखेकी थिइन् । प्रतीरक्षाका लागि लड्ने महिलाको पक्षमा सधैं उभिन तयार रहेको पनि उनले बताइन्।

रेखा थापा महिलालाई केन्द्रविन्दुमा राखेर फिल्म निर्माण गर्छिन्। उनी यसमा सफल पनि छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell