PahiloPost

May 16, 2026 | २ जेठ २०८३

२५ वर्षीय युवकको हत्यामा संलग्न चार फरार अभियुक्त १५ वर्षपछि पक्राउ



पहिलोपोस्ट

२५ वर्षीय युवकको हत्यामा संलग्न चार फरार अभियुक्त १५ वर्षपछि पक्राउ

कैलाली : धनगढीका २५ वर्षीय युवकको हत्यामा संलग्न भनिएका चार जना १५ वर्षपछि पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली गाउँ बस्ने २५ वर्षीय दुखराम चौधरीको हत्याका चार जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली गाउँ बस्ने ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने तारा प्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

२०६२ साउन ११ गते राति २५ वर्षीय चौधरी बेपता भएका थिए। १२ गते बिहान धानबारीमा उनी मृत फेला परेका थिए। उनको हत्या भएको भन्दै चार जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएकोमा उनीहरु १५ वर्षदेखि फरार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell