PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

मुख्यमन्त्री राउतले भने, ‘नेपाल-भारत सम्बन्ध अझै प्रगाढ बन्दै जानेछ’



पहिलोपोस्ट

मुख्यमन्त्री राउतले भने, ‘नेपाल-भारत सम्बन्ध अझै प्रगाढ बन्दै जानेछ’

वीरगंज : वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले भारतको गणतन्त्र दिवसको अवसरमा वीरगंजमा कार्यक्रम आयोजना गर्‍यो। भारतको ७२ औं गणतन्त्र दिवसको अवसरमा झन्डोत्तोलन कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल-भारतको सम्बन्ध अझै प्रगाढ बनाउँदै लैजानु पर्ने बताए। प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले दुवै देशबीचको सम्बन्ध जन-जनसँग रहेको विचार राखे। उनले भारतले नेपालप्रति गर्दै आएको सहयोग र देखाउँदै आएको मायालाई निरन्तरता दिन आग्रह गरे।

कार्यक्रममा वाणिज्यदूत नीतेश कुमारले भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतवासीको नाममा जारी गरेको सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा प्रदेशका भौतिक विकासमन्त्री जितेन्द्र सोनल, पूर्वसांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य करीमा बेगम, भीमा यादव, जन्नत अन्सारी, प्रदेशका महान्यायाधीवक्ता दीपेन्द्र झा, वीरगंज महानगरका नगरप्रमुख विजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell