PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

नारायणगढमा बजार अनुगमन : आवश्यक कागजात नहुने ९ पसललाई कारबाही



पहिलोपोस्ट

नारायणगढमा बजार अनुगमन : आवश्यक कागजात नहुने ९ पसललाई कारबाही

वीरगंज : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण पर्साका निमित्त प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा चितवनको नारायणगढ बजारका ९ पसललाई कारबाही गरेको छ।

स्थानीय प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघका प्रतिनिधिले अनुगमनका क्रममा आवश्यक कागजात नरहेको श्रेष्ठ कन्सर्न, नेशनल ट्रेड बिजनेश, ईएस ट्रेडर्स, विनोद एन्ड जिल्ला इम्पोरियम, चितवन पर्दा हाउस, पल्लवी इन्जिनियरिङ र गुप्ता धागो स्टोर्सलाई ५०/५० हजार रुपैयाँ जरिबाना तिराएको हो।

त्यस्तै, ओम साइराम प्लास्टिक र एचएस ट्रेडर्सलाई २०/२० हजार रुपैयाँ जरिबाना गरेको छ। सात दिनभित्र सो जरिबाना वाणिज्य बैंकमा बुझाउन निर्देशन दिइएको सूचना अधिकारी दिलीप खङवेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell