PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

आर्मीमाथि जित निकाल्दै तालिकामा एपीएफको ४ अंकको अग्रता

आर्मीमाथि जित निकाल्दै तालिकामा एपीएफको ४ अंकको अग्रता

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सशस्त्र प्रहरीको एपीएफले आज महिला राष्ट्रिय लिग अन्तर्गतको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले आर्मी विरुद्ध २-० गोल अन्तरको जित निकालेको हो।

एपीएफको जितमा अन्जली योञ्जन र सरु लिम्बुले गोल गरे। सावित्रा भण्डारीको क्रसमा खेलको २७ औं मिनेटमा योञ्जनले एपीएफलाई अग्रता दिलाएकी थिइन्। त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा लिम्बुले गोल गर्दा पहिलो हाफमै एपीएफ दुई गोलले अघि रह्यो। दोस्रो हाफमा दुवै पक्षबाट गोल नहुँदा एपीएफले खेल २-० ले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै एपीएफले अंकतालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको छ। जारी प्रतियोगितामा १५ गोल गरेको एपीएफले कुनै गोल खाएको छैन।

भोलि हुने खेलमा चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर महानगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell