PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

क्यान बोर्ड बैठकको निर्णय : नेपाली क्रिकेट टोलीले यही महिना कतारसँग टी-२० सिरिज खेल्ने



पहिलोपोस्ट

क्यान बोर्ड बैठकको निर्णय : नेपाली क्रिकेट टोलीले यही महिना कतारसँग टी-२० सिरिज खेल्ने

काठमाडौं : नेपाली क्रिकेट टोलीले माघ २७ गते (फेब्रुअरी ९) बाट शुरु हुने बाइल्याट्रल सिरिजमा सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आज बसेको बैठकले कतारमा फेब्रुअरी ९ देखि १२ सम्म हुने प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो।

‘आगामी फेब्रुअरी ९-१२ मा हुने ‘कतार स्पोर्टस्ट डे’ को अवसरमा कतार क्रिकेट एसोसिएसनले आयोजना गरेको बाइल्याट्रल टी-२० आई प्रतियोगिताको निमन्त्रणा स्वीकार गर्दै क्यानले राष्ट्रिय टिमलाई सहभागी गराउने निर्णय गरेको छ,’ क्यानको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, क्रिकेट टोलीको बन्द प्रशिक्षण फेब्रअरी १ बाट शुरु गराउने निर्णय पनि क्यानले गरेको छ।

प्रधानमन्त्री कपको विजेतालाई १० लाख

त्यस्तै, आजैको बोर्ड बैठकले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको विजेतालाई १० लाख दिने निर्णय गरेको छ। त्यस्तै, उपविजेताले पाँच लाख प्राप्त गर्ने छन्।

सेमिफाइनलिस्ट टिमहरुले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले २५ हजार प्राप्त गर्नेछन्। त्यस्तै, सेमिफाइनलदेखि प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन्। यसअघि प्लेयर अफ द म्याचले २५ सय प्राप्त गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell