PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

तिला गाउँपालिकाको गोठिगाउँमा आगलागी, ३० भन्दा बढी घर जले



पी बी खड्का

तिला गाउँपालिकाको गोठिगाउँमा आगलागी, ३० भन्दा बढी घर जले

सुर्खेत : जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७ गोठिगाउँमा आगलागी भएको छ। मंगलवार साँझ ७ बजेदेखि शुरु भएको आगलागीका कारण करिब ३० भन्दा बढी घर जलेका छन्।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली आगलागी भएको स्थानतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

आगलागी भएको स्थान सदरमुकामबाट करिब तीन घण्टाको पैदल दूरीमा पर्छ।  घटनास्थलमा गाडी समेत पुग्न नसक्ने हुँदा आगलागीको कारण र क्षतिको विवरण यकीन हुन सकेको छैन। प्रहरीका अनुसार ३० भन्दा बढी घरसहित घरपालुवा जनावर समेत जलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell