PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

यातायात कार्यालयमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन : पौने तीन लाखसहित दुई जना पक्राउ



सुमित मिश्र

यातायात कार्यालयमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन : पौने तीन लाखसहित दुई जना पक्राउ

जनकपुरधाम : अख्तियारको टोलीले जनकपुरधामस्थित यातायात कार्यालयमा छापा मारेर पौने तीन लाख रुपैयाँ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। यातायात कार्यालयमा घुसवापतको रकम रहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले छापा मारेको थियो।

टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापरको कोठाबाट २ लाख २३ हजार ८ सय ५० रुपैयाँ र बिचौलिया राजकिशोर भगतको साथबाट ५० हजार रुपैयाँ बरामद गरेको छ। कापरको कोठामा रहेका सोफा, खाट, दराज बाट प्रहरीले रकम बरामद गरेको थियो।

अख्तियारको ६ घण्टे स्टिङ अपरेसनबाट २ लाख ७३ हजार ८ सय ५० रुपैयाँ सहित दुई जना पक्राउ परेका हुन्। टोलीले आज अपरान्ह ४ बजेदेखि नै कार्यालयलाई सिल गरी अनुसन्धान गरेको थियो।

सम्बन्धित समाचार :

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell