PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

फराकिलो जित निकालेको सिटी शीर्ष स्थानमा उक्लियो



पहिलोपोस्ट

फराकिलो जित निकालेको सिटी शीर्ष स्थानमा उक्लियो

इङग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वेस्टमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ। द हावथ्रोन्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वेस्टब्रुममाथि सिटीले ५-० को सानदार जित निकालेको हो।

सिटीको जितमा इल्के गुण्डोगनले दोहोरो गोल गर्दा जोआओ क्यानसेलो, रियाद महरेज र रहीम स्ट्रलिङले समान १/१ गोल गरे।

सिटीले खेलको छैटौ मिनेटमै गुण्डोगनको गोलमा अग्रता बनाएको थियो। त्यस्तै २० औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा क्यानसेलोले गोल गरे। त्यस्तै ३० औं मिनेटमा गुण्डोगनले फेरि अर्को गोल थपे भने पहिलो हाफको अतिरिक्त समयमा स्ट्रलिङको पासमा महरेजले गोल गर्दा पहिलो हाफमा सिटी ४ गोलले अघि रह्यो।

त्यस्तै दोस्रो हाफमा महरेजले गोल थपे। खेलको ५७ औं मिनेटमा स्ट्रलिङको पासमा उनले गोल गरेसँगै सिटीले ५-० को सानदार जित निकाल्यो।

जितसँगै १९ खेलबाट ४१ अंक जोडेको सिटी अंकतालिकाको शीर्षस्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले समान १९ खेलबाट ४० अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell