PahiloPost

Jun 15, 2026 | १ असार २०८३

पीएम कप सेमिफाइनल: पुलिस र एपीएफ भिड्दै



पहिलोपोस्ट

पीएम कप सेमिफाइनल: पुलिस र एपीएफ भिड्दै

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोलीहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ भिड्दैछन्।

शरद भेषवाकरको कप्तानीमा रहेको एपीएफ प्रतियोगितामा समूह ए को विजेता बन्दै सेमिफाइनलमा आइपुगेको हो भने मञ्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिसले समूह बी को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

खेल आज बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ।

एपीएफ जारी प्रतियोगितामा ४ खेलमध्ये सबै खेल जितेर अपराजित रहँदै सेमिफाइनलमा आइपुगेको हो। उता पुलिस भने प्रतियोगितामा आफ्नो पहिलो खेलमै वाग्मती प्रदेशसँग पराजित भएको थियो। त्यसपछि पुनरागमन गरेको पुलिसले त्यसपछिका तीन खेलमा जित निकाल्दै समूहको उपविजेता बनेको थियो।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेताले पाँच लाख प्राप्त गर्ने छन्।

सेमिफाइनलिस्ट टिमहरुले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले २५ हजार प्राप्त गर्नेछन्। त्यस्तै, सेमिफाइनलदेखि प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन्। यसअघि प्लेयर अफ द म्याचले २५ सय प्राप्त गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell