PahiloPost

Jun 15, 2026 | १ असार २०८३

महिला लिग: बिराटनगरलाई चन्द्रपुरको चुनौती



पहिलोपोस्ट

महिला लिग: बिराटनगरलाई चन्द्रपुरको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुने खेलमा बिराटनगर र चन्द्रपुर प्रतिस्पर्धामा उत्रने छन्।

बिराटनगर आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकासँग बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो।

त्यस्तै चन्द्रपुरले यसअघिको खेलमा चौदण्डगढीमाथि ७-१ गोलअन्तरको फराकिलो जित निकालेको थियो। पहिलो खेलमा भने चन्द्रपुर एपीएफसँग फराकिलो अन्तरले पराजित भएको थियो।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

खेल दिउँसो २ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell