PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माधव नेपाललाई पनि भेटे अमेरिकी राजदूत बेरीले, मंगलवार भेटेका थिए राष्ट्रपति भण्डारीसँग



माधव नेपाललाई पनि भेटे अमेरिकी राजदूत बेरीले, मंगलवार भेटेका थिए राष्ट्रपति भण्डारीसँग

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन्। जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै नेपालका लागि अमेरिकी राजदूत बेरीले नेपालका शीर्ष नेताहरुसँगको भेट बाक्लो बनाउने क्रममा नेपालसँग भेट गरेका हुन्।

सोमवार बेरीले नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। नेपालसँग कहिले भेटेका थिए भन्ने प्रष्ट भइसकेको छैन। अरु नेतासँगको भेट बेरीले सामाजिक सञ्जालमै उल्लेख गरे पनि अध्यक्ष नेपालसँगको भेटबारे सार्वजनिक गरेका छैनन्। नेपाल र बेरीको भेट भएको जनाउँदै नेकपा नेता विष्णु रिजालले सामाजिक सञ्जाल ट्वीटरमा फोटो सार्वजनिक गरेका छन्।

 

मंगलवारमात्र बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।

बाइडेन प्रशासनको विश्वव्यापी प्राथममिकतहरुका बारेमा नेपाली राजनीतिक नेतृत्वसँग छलफल गर्ने क्रममा बेरीले प्रचण्ड र देउवासँग भेटेको अमेरिकी राजदूतावासले जनाएको छ।

बिहीवार बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बाइडेन प्रशासनको प्राथमिकताका बारेमा जानकारी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell