PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

पीएम कप सेमिफाइनल: एपीएफले पुलिसलाई दियो २ सय ४ रनको लक्ष्य



पहिलोपोस्ट

पीएम कप सेमिफाइनल: एपीएफले पुलिसलाई दियो २ सय ४ रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज जारी पहिलो सेमिफाइनल खेलमा शसस्त्र प्रहरीको एपीएफले नेपाल पुलिस क्लबलाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन जोडेको हो।

एपीएफले किशोर महतो, बसन्त रेग्मी, प्रदीप सिंह ऐरी लगायतका महत्वपूर्ण खेलाडीहरुलाई प्लेइङ सेटमा राखेको छैन।

ब्याटिङमा एपीएफको सुरुवात खासै सुखद रहन सकेन्। ओपनर आशिफ शेख १ रन बनाएर आउट हुँदा अर्का ओपनर १९ र कप्तान सरद भेषवाकर १८ रनमा पभेलियन फर्किए। त्यस्तै सुमित महर्जन १ रन जोड्दै आउट हुँदा धर्मराएको एपीएफको ब्याटिङलाई शंकर राना र सन्दीप जोराले सम्हालेका थिए। उनीहरुले ६४ रनको साझेदारी गर्दै एपीएफको स्कोर उकासेका थिए। जोरा ३४ रन बनाउँदै आउट हुँदा शंकर रानाले ४४ रन जोडे। त्यसपछि भुवन कार्की र कमल ऐरीले एपीएफको स्कोर माथि उठाएका थिए। कार्कीले ४२ र ऐरीले १९ रन जोडे।

बलिङतर्फ १० ओभरमा ३१ रन दिएर ३ विकेट लिएका आरिफ शेख ४५.३ ओभरमा फिल्डिङ गर्दै गर्दा घाइते भएका थिए। उनको खुट्टामा चोट लागेको थियो।

त्यस्तै दीपेन्द्र सिंह ऐरी र ललीत राजबंशीले समान २/२ विकेट लिए।

एपीएफ जारी प्रतियोगितामा ४ खेलमध्ये सबै खेल जितेर अपराजित रहँदै सेमिफाइनलमा आइपुगेको हो। उता पुलिस भने प्रतियोगितामा आफ्नो पहिलो खेलमै वाग्मती प्रदेशसँग पराजित भएको थियो। त्यसपछि पुनरागमन गरेको पुलिसले त्यसपछिका तीन खेलमा जित निकाल्दै समूहको उपविजेता बनेको थियो।

पुलिस केहीबेरमा जवाफी ब्याटिङ उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell