PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

दुई वर्षीया छोरीको हत्या गरेर जब बाबु आफैं पुगे प्रहरीकहाँ...



पहिलोपोस्ट

दुई वर्षीया छोरीको हत्या गरेर जब बाबु आफैं पुगे प्रहरीकहाँ...
प्रतिकात्मक तस्बीर

काठमाडौं : दुई वर्षीया छोरीको हत्या गरेको भन्दै एक बुबा प्रहरीमा पुगेर आत्मासमर्पण गरेका छन्। अर्घाखाँची शितगंगा नगरपालिका २ का २६ वर्षीय सन्तोष घिमिरे छोरीको हत्या गरेको भन्दै प्रहरीमा पुगेका थिए।

'हिजो १२ बजेतिरको कुरा हो। छोरीको हत्या गरेको भन्दै प्रहरी कहाँ आएका थिए। हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी माधवकुमार बुढाथोकीले भने। उनले हत्या गरेपछि इलाका प्रहरी कार्यालय ठाडा पुगेर आत्मसमर्पण गरेका थिए।

उनले २ वर्षीय छोरीलाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनकी श्रीमती करिव पाँच महिनादेखि माइतमा बस्दै आएकी छिन्। छोरी पनि मामाघरमा भएको भए पनि केही महिनाअघि उनले त्यहाँबाट ल्याएको अनुसन्धानमा देखिएको छ।

'श्रीमान श्रीमतीको विवाद देखिन्छ। सानी बच्चीलाई केही महिनाअघि मात्र घरमा ल्याएको खुलेको छ,' डीएसपी बुढाथोकीले भने।

अभियुक्त घिमिरेको घरमा उनका बुबाआमा पनि बस्दै आएका छन्। बुबाआमा काम गर्न बाहिर निस्किएको समयमा हत्या गरेको खुलेको छ। तर, हत्याको कारण भने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell