PahiloPost

Jun 15, 2026 | १ असार २०८३

फिल्म ‘आरआरआर’को रिलिज डेटप्रति असन्तुष्ट बोनी कपूर



पहिलोपोस्ट

फिल्म ‘आरआरआर’को रिलिज डेटप्रति असन्तुष्ट बोनी कपूर
Photo: PTI

चर्चित फिल्म ‘बाहुबली’का निर्देशक राजामौलीको वहुप्रतिक्षित फिल्म ‘आरआरआर’ रिलिज गर्ने भएका छन्। आलिया भट अभिनित फिल्मका निर्माताले सोसल मिडियामा एक पोस्ट सेयर गर्दै फिल्मको रिलिज मिति तोकेका हुन्।

‘बाहुबली’ जस्तै यो फिल्मको पनि दर्शकहरु लामो समयदेखि प्रतिक्षा गरिरहेका छन्। तर, यो फिल्मको रिलिज मिति तय भएसँगै हंगामा समेत भएको छ। फिल्म ‘आरआरआर’को रिलिज डेटलाई लिएर फिल्म ‘मैदान’का निर्माता बोनी कपूरले असहमति जनाएका छन्।

निर्माताले मल्टिस्टार फिल्म ‘आरआरआर’को दशहराको अवसरमा १३ अक्टोबर रिलिजको घोषणा गरे। त्यसै दिन बोनी कपूरको फिल्म ‘मैदान’ पनि रिलिज हुने तय भएको छ। जसको घोषणा उनले ६ महिना पहिले नै गरेका थिए। दुवै फिल्मको एकै साथ रिलिज हुने कुरामा बोनी कपूर रिसाएका छन्।

उनले ‘आरआरआर’को रिलिज मिति तय हुनुलाई अनैतिक भनेका छन्। उनले एकैदिन फिल्म रिलिज हुने कुरामा असन्तुष्टी जनाएका छन्। तर, ‘आरआरआर’ फिल्मका निर्माता राजामौली भने यस विषयमा केही बोलेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell