PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बबी देवलको करियरको टर्निङ प्वाइन्ट बन्यो फिल्म ‘आश्रम’



पहिलोपोस्ट

बबी देवलको करियरको टर्निङ प्वाइन्ट बन्यो फिल्म ‘आश्रम’
Photo: Telegraph India

२७ जनवरी अर्थात आज अभिनेता बबी देवलको जन्मदिन। बाल कलाकार हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका उनले सन् १९९५ मा फिल्म ‘बरसात’बाट फिल्म क्षेत्रमा पाइला टेकेका थिए। उनलाई यस फिल्मबाट फिल्मफेयर र बेस्ट डेब्यू अर्वाड समेत मिलेको थियो।

यसका साथै उनले ‘वो प्यार हो गया’, ‘करीब’, ‘सोल्जर’, ‘दिललगी’, ‘अपने’, ‘यमला पगला दिवाना’, ‘बादल’, ‘अजनबी’, ‘किस्मत’, ‘हमको तुमसे प्यार हे’ जस्ता थुपै फिल्ममा काम गरे। जसमा उनले राम्रो काम गरे पनि फिल्म भने चल्न सकेनन्। मुख्य भुमिकामा उनलाई त्यति सफलता मिल्न सकेन जति उनका भाई सनी देवल र वुवा धमेन्द्रलाई मिलेके थियो।

राम्रो सफलता नमिलेपछि उनले केही वर्ष फिल्ममा काम गरेनन्। पछि सन् २०१७ मा उनले फेरि फिल्ममा कमब्याक गरे। उनी फिल्म ‘बोइज’मा देखिए तर फिल्म त्यति चलेन। सन् २०१८ मा सलमान खानसँग उनी फिल्म ‘रेस-३’मा देखिए। फिल्मले सन्तोषजनक व्यापार गरेको थियो।

उनले २०१९ मा हिट फिल्म ‘हाउसफुल-४’मा समेत काम गरेका थिए।

तर, २०२० मा रिलिज भएको वेब सिरिज ‘आश्रम’ उनको लागि टर्निङ प्वाइन्ट बन्यो। उक्त वेब सिरिजमा उनको मुख्य भुमिका रहेको थियो। उनले राम्रो प्रतिक्रिया समेत बटुलेका थिए। सो वेब सिरिज एमएक्स प्लेयरमा रिलिज भएको थियो।

उनी सन् २०२१ मा फिल्म ‘लब होस्टेल’ र ‘अपने-२’मा काम गर्ने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell