PahiloPost

Jun 15, 2026 | १ असार २०८३

खोप अभियानको निरीक्षणका लागि विभिन्न अस्पतालहरू पुगे प्रधानमन्त्री ओली



पहिलोपोस्ट

खोप अभियानको निरीक्षणका लागि विभिन्न अस्पतालहरू पुगे प्रधानमन्त्री ओली
फोटो: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली खोप अभियानको निरीक्षणका लागि निस्किएका छन्। बालुवाटरबाट भिडियो कन्फ्रेन्स मार्फत अभियानको उद्घाटन गरेका प्रधानमन्त्री ओलीले उपत्यकाका विभिन्न अस्पतालमा पुगेर खोप अभियानको निरीक्षण गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी काठमाडौंका सरकारी अस्पतालहरू पुगेका छन्। प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल, नेपाली आर्मी अस्पताल छाउनी, प्रसुती गृह, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल पुगेर अभियानको निरीक्षण गरेका हुन्। प्रधानमन्त्री ओलीले खोप लगाइसकेपछि चिकित्सकीय निगरानीमा बसेकाहरूसँग पनि कुराकानी गरेका थिए।

ओलीले बिहान १० बजे कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गरेका थिए। अभियान १८ गतेसम्म सञ्चालन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell