PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

अर्थमन्त्री पौडेलले एकैदिन उद्घाटन गरे बुटवलका तीन ठूला पुल



पहिलोपोस्ट

अर्थमन्त्री पौडेलले एकैदिन उद्घाटन गरे बुटवलका तीन ठूला पुल

  • पूजा पन्थी-

बुटवल : बुटवल उपमहानगरपालिकाभित्र रहेका ३ ठूला पुलको एकै दिन उद्घाटन गरिएको छ। बुटवलका तिनाउ र दानव नदीमा निर्माण सम्पन्न भएका ३ ठूला पुलको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन्।

बुधवार बिहान र दिउँसो गरी तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा रहेको पुल उद्घाटन गरिएको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरले जानकारी दिए। योसँगै बुटवलमा लामो समयदेखि रोकिइराखेको चौराहदेखि चिडियाखोलासम्मको सडक बिस्तार पनि शुरु भएको छ।

तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल २१ करोड ४९ लाख लागतमा निर्माण भएको हो। २०७३ असार २९ गते निर्माण शुरु भएको सो पुल २०७६ माघ २८ गते सम्पन्न भएको थियो। कंक्रिट प्रि स्टेट प्रविधिमा बनाइएको सो पुल लुम्बिनी बिल्डर्सले निर्माण गरेको हो। १८० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको सो पुलको जिम्मेवारी पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो।

त्यसैगरी, देवीनगरस्थित हात्तीसुँडमा रहेको तिनाउ पुल ११ करोड ९३ लाख लागतमा निर्माण भएको हो। ११० मिटर लम्बाई ११ मिटर चौडाई रहेको यो पुलको निर्माणको जिम्मा लुम्बिनी अरनिकोले पाएको थियो। २०७२ असार ३० मा निर्माण शुरु भएको यो पुल २०७६ माघ ५ गते निर्माण सम्पन्न भएको हो। यसको निर्माण जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो।

यस्तै, नयाँगाउँस्थित दानव नदीको पुल ६ करोड ६५ लाख लागतमा निर्माण भएको हो। २०६९ असार २४ गते निर्माण शुरु भएको यो पुल २०७६ भदौ ३० गते मात्रै सम्पन्न भएको हो। स्थानीयको विवादका कारण लामो समय पुल निर्माण अलपत्र परेको थियो। ९८.२५ मिटर लम्बाई र ७.२ मिटर चौडाई रहेको यो पुल लुम्बिनी बिल्डर्सले बनाएको हो भने यसको जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell