PahiloPost

May 16, 2026 | २ जेठ २०८३

थप २८३ जनामा कोभिड-१९ को  संक्रमण पुष्टि, तीन जनाको मृत्यु



पहिलोपोस्ट

थप २८३ जनामा कोभिड-१९ को  संक्रमण पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं : नेपालमा थप २८३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७० हजार ३७५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जनाको कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या दुई हजार २० पुगेको छ।

त्यस्तै थप २४६  जना संक्रमित संक्रमण मुक्त भएका छन्। त्यस्तै दुई लाख ६५ हजार ६९ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन्। हाल नेपालमा तीन हजार २८६ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell