PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ज्याकलिनसँग हलिउड फिल्ममा काम गर्दै नेपाली मोडल अन्जली लामा



पहिलोपोस्ट

ज्याकलिनसँग हलिउड फिल्ममा काम गर्दै नेपाली मोडल अन्जली लामा

नेपाली मोडल अन्जली लामाले अब हलिउड फिल्ममा काम गर्ने भएकी छिन्। उनले ६ भाग रहने एन्थोलोजी फिचर ‘वुमेन्स स्टोरिज’ अन्तर्गतको ‘सेयरिङ ए राइड’ नामक भागमा अभिनय गर्न लागेको डेडलाइनले उल्लेख गरेको छ

‘सेयरिङ ए राइड’मा अन्जलीले बलिउड नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्दैछिन्। सो सेगमेन्टलाई लिना यादवले निर्देशन गर्ने छिन्।

यो फिचरलाई विभिन्न ६ भागमा विभाजित गरेर निर्माण गरिनेछ। जसमा कारा डेलेभिन्ज, इभा लोङ्गोरिया, मार्सिया हार्डेन र क्याथरिन हार्डविक पनि देखिने छन्।

फिल्ममा विश्वका विभिन्न देशका ६ जना महिला निर्देशकहरुले निर्देशन गरेका कथालाई प्रस्तुत गरिनेछ। चलचित्रको छायांकन भारत र अमेरिकामा हुनेछ। फिल्मका सबै कलाकार महिला हुनेछन्।

६ मध्ये पहिलो ४ भागको निर्देशक तय भइसकेका छन्। जसमा ‘अनस्पोकन’को निर्देशन मरिया सोल टोग्नाजीले गर्नेछिन्। त्यस्तै, लुसिया पुएन्जोले‘लागोनेग्रो’, क्याथरिन हार्डविकले‘एल्बोज डिप’ र यादवले ‘सेयरिङ र राइड’को निर्देशन गर्न लागेका हुन्।

लर्वोलिनो इन्टरटेन्मेन्टको सह-निर्माण तथा वि डू इज टूगेदरको निर्माणमा बन्न लागेको यो फिल्मले महिलाका फरक-फरक जीवनको कथालाई प्रस्तुत गर्नेछ।

फिल्ममा कमेडी, एनिमेशन पनि समावेश गरिनेछ। नेपालकी ट्रान्सजेन्डर मोडल अन्जली लामाले ‘ल्याक्मे फेसन शो’मा समेत सहभागी भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell