PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

डोटीमा एक महिलाको साथबाट साढे १७ लाख नगद बरामद, घरमा फेला पर्‍यो एक किलो बढी सुन



एम बम

डोटीमा एक महिलाको साथबाट साढे १७ लाख नगद बरामद, घरमा फेला पर्‍यो एक किलो बढी सुन

कैलाली : प्रहरीले डोटीमा एक महिलाको साथबाट स्रोत नखुलेको साढे १७ लाख नगद र उनको घरमा खानतलासी गरी एक किलो भन्दा बढी सुन बरामद गरेको छ।

जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ६ भिताडीकी काली भुलको साथबाट १७ लाख ४७ हजार नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए। उनको साथबाट बुधवार बिहान दिपायलबाट धनगढी आउने क्रममा नगद बरामद भएपछि घरमा सुन समेत फेला परेको उनले बताए।

सोधपुछपछि भिताडीस्थित उनको घरमा छापा मार्दा प्रहरीले एक किलो एक सय ग्राम सुन बरामद गरेको हो। प्रहरीका अनुसार भारतमा मजदुरी गर्दै आएका एक व्यक्तिले भदौमा ठूलो परिमाणमा सुन पठाएका थिए। तर, सुन पठाउने व्यक्ति गाउँमा छैनन्। सुन अन्य व्यक्तिले पनि बाँडेर लिएको हुनसक्ने आशङ्का गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell