PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चन्द्रपुरलाई हराउँदै विराटनगरको पहिलो जित, कुशुमको ह्याट्रिक



पहिलोपोस्ट

चन्द्रपुरलाई हराउँदै विराटनगरको पहिलो जित, कुशुमको ह्याट्रिक
तस्बिर: एन्फा

काठमाडौं:  राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा विराटनगर महानगरपालिकाले चन्द्रपुर नगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले ५-० को जित निकालेको हो।

विराटनगरको जितमा कुशुम खतिवडाले ह्याट्रिक गरिन्। त्यस्तै अनु राई र सरिता शेर्पाले समान १/१ गोल थपे।

खेलको १२ औं मिनेटमा खतिवडाले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन्। त्यस्तै त्यस्तै ३२ औं मिनेटमा राईले गोल थप्दा पहिलो हाफमा विराटनगर २ गोलले अघि रह्यो।

दोस्रो हाफमा सरिताले विराटनगरका लागि गोल थपिन् उनले खेलको ६३ औं मिनेटमा गोल गर्दा ६९ र ७० औं मिनेटमा गोल थप्दै खतिवडाले ह्याट्रिक पुरा गरिन्।

प्रतियोगितामा विराटनगरको यो पहिलो जित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell