PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रदेश २ मा आज ७ सय ३३ जनाले लगाए कोरोना भाइरसविरुद्धको खोप



पहिलोपोस्ट

प्रदेश २ मा आज ७ सय ३३ जनाले लगाए कोरोना भाइरसविरुद्धको खोप

जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसविरुद्धको खोप अभियानको पहिलो दिन आज ७ सय ३३ जनाले खोप लगाएका छन्। बुधवार प्रदेशको ८ वटै जिल्लाका ९ केन्द्र र १४ बुथबाट ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक एवं प्रवक्ता विजय कुमार झाले जानकारी दिए।

अभियानको पहिलो दिन आठवटा जिल्लाका अस्पताल र सप्तरीमा रहेको प्रहरी अस्पतालमा कोरोनाविरुद्धको खोप दिइएको छ। पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाइएको हो।

अभियानको पहिलो दिन सबैभन्दा बढी सप्तरीमा १ सय ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने सबैभन्दा कम रौतहटमा २६ जनाले लगाएका छन्। सप्तरीमा गजेन्द्र नारायण सिंह अस्पतालमा ७६ जना र रुपणी प्रहरी अस्पतालमा ७० जनाले खोप लिए। यस्तै, सर्लाहीमा १ सय २९ जना, पर्सामा ११३, सिरहामा १ सय १०, धनुषामा १ सय २, बारामा ७० र महोत्तरीमा ३७ जनाले खोप लगाएको झाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell