PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

यस्तो रह्यो एपीएफलाई फाइनलमा पुर्‍याएको खेल

यस्तो रह्यो एपीएफलाई फाइनलमा पुर्‍याएको खेल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले नेपाल पुलिस क्लबविरुद्ध जित निकाल्यो। जितसँगै एपीएफ फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन जोडेको थियो। २०४ रनको लक्ष्य पछ्याएको पुलिस १७३ रनमा समेटिएको हो।

जारी प्रतियोगितामा ५ खेल खेलेको एपीएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको हो। उता पुलिस भने प्रतियोगितामा आफ्नो पहिलो खेलमै वाग्मती प्रदेशसँग पराजित भएको थियो। त्यसपछि पुनरागमन गरेको पुलिसले त्यसपछिका तीन खेलमा जित निकाल्दै समूहको उपविजेता बनेको थियो।

एपीएफले फाइनलमा भोलि दोस्रो सेमिफाइनलमा खेल्ने आर्मी र वाग्मती प्रदेशबीचको विजेतासँग खेल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell