PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रेलिगेसन जोनमा रहेको सेफिल्डसँग म्यानचेस्टर युनाइटेड स्तब्ध



पहिलोपोस्ट

रेलिगेसन जोनमा रहेको सेफिल्डसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेड अंकतालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो।

खेलको २३ औं मिनेटमा किन ब्रियनको गोलमा सेफिल्डले अग्रता बनायो। उनको गोलमा पहिलो हाफमा सेफिल्ड एक गोलले अघि रह्यो। खेलको दोस्रो हाफमा ह्यारी मागुइरले गोल गर्दै म्यानचेस्टरलाई बराबरीमा फर्काए। उनले खेलको ६४ औं मिनेटमा एलेक्स टेलेसको पासमा गोल गरेका थिए। तर ७४ औं मिनेटमा सेफिल्डले फेरि अग्रता लियो। यसपटक ओलिभर बुर्केले गोल गर्दै सेफिल्डलाई अघि बढाए। त्यसपछि दुबैपक्षबाट गोल नहुँदा उनको गोलनै म्यानचेस्टरमाथि जितका लागि निर्णायक बन्यो।

यो पराजयसँगै म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा उक्लने मौकाबाट चुकेको छ। २० खेलबाट ४० अंक जोडेको युनाइटेड तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले १९ खेलबाट ४१ अंक जोडेको छ। उता जितका बावजुत सेफिल्ड तालिकाको पुछारमा छ। यो सिजन २० खेल खेलेको सेफिल्डको यो दोस्रो जित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell