PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पीएम कप: दोस्रो सेमिफाइनलमा वाग्मती र आर्मी भिड्दै



पहिलोपोस्ट

पीएम कप: दोस्रो सेमिफाइनलमा वाग्मती र आर्मी भिड्दै

काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दै छन्। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा समूह ‘बी’ को विजेता वाग्मती प्रदेश र समूह ‘ए’ को उपविजेता आर्मी प्रतिस्पर्धामा उत्रने छन्।

समूह ‘बी’ बाट ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वाग्मती पराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो। त्यस्तै समूह ‘ए’ को अन्तिम खेलमा अर्को विभागीय टोली एपीएफसँग पराजय भोगेको आर्मी एपीएफसँग पराजित हुँदै समूहको उपविजेता बनेको थियो।

खेल आज बिहान ९ बजे कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सुरु हुनेछ।

पहिलो सेमिफाइनलबाट यसअघि नै नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ फाइनल प्रवेश गरिसकेको छ। आजको खेलमा विजेता टोलीले फाइनलमा एपीएफको सामना गर्नेछ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेताले पाँच लाख प्राप्त गर्ने छन्।

सेमिफाइनलिस्ट टिमहरुले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले २५ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell