PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

महिला राष्ट्रिय लिगमा आज दुई खेल: एपीएफलाई पुलिसको चुनौती



पहिलोपोस्ट

महिला राष्ट्रिय लिगमा आज दुई खेल: एपीएफलाई पुलिसको चुनौती

काठमाडौं : महिला राष्ट्रिय लिगमा आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा वालिङ नगरपालिका स्याङजा र चौदण्डीगडी नगरपालिका उदयपुर भिड्ने छन्। खेल मध्यान्ह साढे ११ मा सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा विभागीय टोली एपीएफ र पुलिस आमनेसामने हुनेछन्। खेल दिउँसो २ बजे सुरु हुनेछ।

प्रतियोगितमा एपीएफ ३ खेलमा सबै जित निकाल्दै ९ अंक जोडेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३ खेलमा १ जित र २ बराबरी खेल्दै ५ अंक जोडेको छ। तेस्रो स्थानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब छ। आर्मीले ३ खेलमा १ जित १ हार र १ बराबरी खेल्दै ४ अंक जोडेको छ।

त्यस्तै १ जित र १ बराबरी नै खेलेको विराटनगर महानगरपालिका ४ अंकसहित तालिकाको चौथो स्थानमा छ। त्यस्तै ३ अंक र २ अंक जोडेका चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिका क्रमशश चौथो र पाँचौं स्थानमा रहँदा जितबिहिन चौदण्डीगढी नगरपालिका तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell