PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भक्तपुरमा एक पुरुषको मृत्युः सवारीले ठक्कर दिएको आशङ्कामा अनुसन्धान हुँदै, मृतकको सनाखत हुन सकेन



पहिलोपोस्ट

भक्तपुरमा एक पुरुषको मृत्युः सवारीले ठक्कर दिएको आशङ्कामा अनुसन्धान हुँदै, मृतकको सनाखत हुन सकेन

काठमाडौंः भक्तपुरमा एक अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको छ।

सवारी दुर्घटनामा परी पुरुषको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। बुधवार राति मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरा सडक खण्डमा लोकन्थलीबाट कोटेश्वर जाने सडकमा मानिस लडिरहेको देखेपछि गस्तीमा रहेको प्रहरी टोलीले घाइते पुरुषलाई मध्यपुर ठिमी अस्पताल पुर्‍याएको थियो।

तर अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन। उनले कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका थिए। मृतकको साथबाट कुनै पनि परिचय खुल्ने कागजपत्र, मोबाइलसमेत फेला नपरेको प्रहरीले जानकारी दिएको छ।

सवारीले ठक्कर दिएर मृत्यु भएको हुनसक्ने आशङ्कामा प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी भइरहेको जनायो। घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell