PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रतिनिधिसभा विघटन विरुद्धको सुनाईमा अधिवक्ताले सुनाए अञ्जु पन्तको गीत : न बिर्सेँ तिमीलाई, नपाएँ तिमीलाई...'



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटन विरुद्धको सुनाईमा अधिवक्ताले सुनाए अञ्जु पन्तको गीत : न बिर्सेँ तिमीलाई, नपाएँ तिमीलाई...'

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी छ। बिहीवार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले संवैधानिक इजलासमा अञ्जु पन्तको गीत सुनाएर बहसलाई अगाडि बढाए।

बहसको सुरूवात गरेका घिमिरेले दुईवटा संविधानसभामा भएका छलफलको विषय कोट्याउँदै अञ्जु पन्तको गीत 'न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई...' सुनाए।

'संविधानसभाबाट संविधान बनाउने क्रममा अञ्जु पन्तको गीत न बिर्से तिमीलाई न पाए तिमीलाई व्यापक भएको थियो। दुई पटक संविधानसभाबाट येथेष्ट रूपमा छलफल भएर धारा ७६ निर्माण गरिएको थियो। प्रधानमन्त्रीले विकल्प नदिई विघटन गर्न मिल्दैन,' उनले भने।

घिमिरेले अरू विकल्प नहेरी राष्ट्रपतिले विघटन गर्न नहुने र विकल्प हेर्नुपर्ने उनको जोड थियो। भारतको संविधान निर्माणको प्रसंग उठाउँदै उनले डा अम्बेडकर र राजेन्द्र प्रसादको पनि उदाहरण इजलासमा पेश गरे।

प्रधानमन्त्रीले सभामुखलाई जानकारी नदिई सिफारिस गर्नु र राष्ट्रपतिले अनुमोदन गर्नु हाम्रो सिद्धान्त, जुरिसप्रुडेन्स र परम्पराले नमिल्ने उनले तर्क पेश गरे। घिमिरेले थोरै समयमा धेरै कुरा राखेको भन्दै न्यायाधीश सपना प्रधान मल्लले फोटोकपी मागेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell