काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत कीर्तिपुरमा जारी दोस्रो सेमिफाइनमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई रनको २३० लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा आर्मीले २३० रनको लक्ष्य प्रस्तुत गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले आर्मीले सुखद सुरुवात गर्न सकेको थिएन। सुरुवाती तीन ब्याट्समेनलाई सस्तैमा गुमाएको आर्मीको पारी लोकेस बम र भीम सार्कीले सम्हालेका थिए। सार्कीले ४० र बमले २३ रन बनाउँदा कप्तान बिनोद भण्डारी १० रनमा आउट भए। त्यसपछि आएका राजेश पुलामीले विक्रम सोबसँग लामो साझेदारी गर्दै आर्मीको स्कोरमाथि उठाए। पुलामीले सर्वाधिक ६५ रन बनाउँदा विक्रम सोबले ३५ रन जोडे।
बलिङतर्फ गौतम केसीले सर्वाधिक ५ विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी राम नरेश गिरी र विपिन आचार्यले समान १/१ विकेट लिए।
वाग्मती केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
