PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

के श्रद्धा कपूर नेपाली मुलका रोहन श्रेष्ठसँग बिहे गर्दै छिन्?



पहिलोपोस्ट

के श्रद्धा कपूर नेपाली मुलका रोहन श्रेष्ठसँग बिहे गर्दै छिन्?
Photo: India TV

बलिउड अभिनेता वरुण धवनले २४ जनवरीमा प्रेमिका नताशा दलालसँग बिहे गरे। उनीहरुको विवाह हुने हल्ला अघिल्लो वर्षदेखि नै चले पनि यस वर्ष भने त्यो हल्लाले सार्थकता पायो।

उनीहरुको बिहेमा करण जोहरलगायत थुप्रै सेलिब्रिटीको उपस्थिति थियो। वरुणको विवाहपछि अब अर्को सेलिब्रिटी जोडीको बिहेको चर्चा शुरु भएको छ।

श्रद्धा कपूर र रोहन श्रेष्ठको जोडी। रोहन नेपाली मूलका बलिउड सेलिब्रिटी फोटोग्राफर हुन्।

यो हल्ला त्यतिबेला शुरु भयो जब रोहनले वरुणलाई विवाहका लागि बधाई दिँदै इन्स्टाग्राममा पोस्ट गरे। 

पोस्टमा रोहनले लेखे, ‘वरुण र नताशालाई विवाहको अत्यधिक बधाई। भीडी तिमी असाध्यै भाग्यमानी छौ।’ यसको तुरुन्त जवाफ दिँदै वरुणले लेखे, ‘म आशा गर्छु कि तिमी पनि तयार छौ।’

त्यसपछि नै भारतीय मिडियामा रोहन र श्रद्धाको विवाह हुन लागेको हो कि भन्ने अनुमान गर्न थालिएको छ।

स्मरण रहोस्, श्रद्धा कपूर र रोहन श्रेष्ठबीचको प्रेम सम्बन्धबारे विभिन्न खबर पनि आइरहेका हुन्छन्। दुवैलाई थुप्रै पटक सँगै पनि देखिएको छ। यद्यपि, उनीहरुले यो सम्बन्धबारे खुलेर केही आधिकारिक बयान भने दिएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell