PahiloPost

May 16, 2026 | २ जेठ २०८३

धनुषामा मदिरा उद्योगी मृत अवस्थामा भेटिए,  हत्याको आशंकामा चार जना पक्राउ



पहिलोपोस्ट

धनुषामा मदिरा उद्योगी मृत अवस्थामा भेटिए,  हत्याको आशंकामा चार जना पक्राउ

जनकपुरधाम : धनुषामा मदिरा उद्योग संचालकको हत्या भएको छ।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ७ महेन्द्रनगरस्थित क्षिरेश्वर डिस्ट्रिलरी  उद्योगका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको हत्या भएको हो। आज बिहान ९ बजे  प्रहरीले डिस्ट्रिलरी इन्ड्रस्ट्रिजकै प्राङ्गणमा रहेको कोठाभित्रबाट रेग्मीको शव फेला परेको हो।

टाउकोमा गहिरो चोट लागेको अवस्थामा रेग्मीको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दीपककुमार रायले बताए।

प्रहरी निरीक्षक रायले घटनामा संलग्न रहेको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएका छन्।

मृतक रेग्मीसहित चार जना मिलेर महेन्द्रनगरमा डिस्ट्रिलरी सञ्चालन गर्दै आइरहेका थिए। उनी कम्पनीका निर्देशकसमेत हुन्। रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ चुआरेका स्थायी बासिन्दा हुन्। हत्याको कारण खुलिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell