PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रधानमन्त्री, पूर्वसभामुख र चार पूर्व प्रधान न्यायाधीशलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश



पहिलोपोस्ट

प्रधानमन्त्री, पूर्वसभामुख र चार पूर्व प्रधान न्यायाधीशलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

काठमाडौं : सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री, पूर्व सभामुख र चार जना पूर्व प्रधान न्यायाधीशलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

न्यायाधीश डा मनोज शर्माको एकल इजलासले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्व प्रधान न्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई अवहेलना मुद्दामा एक साताभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको हो। इजलासले वारेसनामा अनुमति दिएको छैन।

प्रधानमन्त्री ओलीले 'बाजे वकिलको तामासा' भनेर दिएको अधिव्यक्ति, पूर्व सभामुख ढुंगानाको न्यायाधीश पनि तानेर सडकमा ल्याउनुपर्ने अवस्था आउन सक्छ भन्ने अभिव्यक्ति र चार जना पूर्व प्रधान न्यायाधीशको विघटन असंवैधानिक हो भन्ने संयुक्त विज्ञप्तिलाई लिएर चार जना अधिवक्ताले फरक फरक रिट निवेदन दर्ता गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell