PahiloPost

May 16, 2026 | २ जेठ २०८३

कोभिड-१९ अपडेट: थप २१३ जनामा संक्रमण, पछिल्लो २४ घण्टामा सून्य मृत्यु



पहिलोपोस्ट

कोभिड-१९ अपडेट: थप २१३ जनामा संक्रमण, पछिल्लो २४ घण्टामा सून्य मृत्यु

काठमाडौं : नेपालमा थप २१३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ। 

पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोभिड-१९ को संक्रमणबाट दुई हजार २० जनाको मृत्यु भइसकेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा थप २९६ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ। 

हाल नेपालमा तीन हजार २०३ जना सक्रिय संक्रमित रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell