PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

साबित्राको ह्याट्रिकमा पुलिसमाथि एपीएफको जित



पहिलोपोस्ट

साबित्राको ह्याट्रिकमा पुलिसमाथि एपीएफको जित

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा एपीएफले नेपाल पुलिसमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले पुलिसमाथि एपीएफले ३-० को जित निकालेको हो।

एपीएफको जितमा साबित्रा भण्डारीले ह्याट्रिक गरिन्। खेलमा एपीएफले ३२ औं मिनेटमा भण्डारीको गोलमा अग्रता बनायो। पहिलो हाफमा एक गोलले अघि रहेको एपीएफका लागि भण्डारीले दोस्रो हाफमा दुई गोल थपिन्। उनले खेलको ५६ र ८४ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पुरा गरिन्। जारी प्रतियोगितामा १७ गोल गरिसकेको एपिएफले गोल खाएको छैन।

जितसँगै शीर्ष स्थानमा रहेक एपीएफले ४ खेलबाट १२ अंक जोडेको छ।

खेलपछि प्रतिकृया दिँदै नेपाल पुलिस क्लबका प्रशिक्षका सञ्जीव जोशीले डिफेन्सको चोटलाई हारको कारण देखाए। ‘हाम्रो मुख्य डिफेन्डर पुजा राना इन्जोर्ड थिइन् जसले आजको खेललाई असर गर्‍यो।’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell