PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

श्रद्धा कपूरको बिहेको हल्लाबारे बुवा शक्ति कपूरको यस्तो छ प्रतिक्रिया



पहिलोपोस्ट

श्रद्धा कपूरको बिहेको हल्लाबारे बुवा शक्ति कपूरको यस्तो छ प्रतिक्रिया

अभिनेत्री श्रद्धा कपूर र नेपाली मुलका फोटोग्राफर रोहन श्रेष्ठबीच बिहे हुने कुरा अहिले निकै चर्चामा छ। रोहनले वरुणलाई विवाहका लागि बधाई दिँदै इन्स्टाग्राममा पोस्ट गरेपछि यो हल्ला शुरु भएको थियो।

पोस्टमा रोहनले लेखेका छन्, ‘वरुण र नताशालाई विवाहको अत्यधिक बधाई। भीडी तिमी असाध्यै भाग्यमानी छौ।’ यसको तुरुन्त जवाफ दिँदै वरुणले लेखे, ‘म आशा गर्छु कि तिमी पनि तयार छौ।’

जुन पोस्ट भाइरल भएसँगै श्रद्धाका बुवा शक्ति कपूरले प्रतिक्रिया जनाएका छन्। उनले एक अन्तर्वार्तामा श्रद्धा र रोहन राम्रो साथी मात्रै भएको बताए। रोहनलाई लिएर छोरी कति सिरियस छिन् भन्ने कुरा थाहा नभएको र श्रद्धाको निर्णयमा आफू सँधै साथ दिने समेत उनले बताए।

ई टाइम्ससँग कुरा गर्दै शक्तिले भने, ‘रोहन राम्रो केटा हुन्। उनी बच्चैदेखि हाम्रो घर आउने गर्छन्। तर, श्रद्धाले मलाई रोहनसँग बिहे गर्ने कुरा भने कहिले पनि गरिनन्। उनीहरु बच्चादेखि कै मिल्ने साथी हुन्। एकअर्का प्रति कति सिरियस छन् भन्ने कुरा मलाई थाहा छैन।’

रोहनको बुवालाई पहिलेदेखि राम्रोसँग चिन्ने र मिल्ने साथी रहेको समेत शक्ति कपूरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell