PahiloPost

Jun 15, 2026 | १ असार २०८३

टोटेनहममाथि लिभरपुलको जित



पहिलोपोस्ट

टोटेनहममाथि लिभरपुलको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेल लिभरपुलले टोटेनहममाथि जित निकालेको छ। टोटेनहम हट्सपर स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले ३-१ गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफको अतिरिक्त समयमा साडियो मानेको पासममा रोबर्टो फर्मिनोले लिभरपुलले अग्रता दिलाएका थिए। उनको गोलमा पहिलो हाफमा लिभरपुलले एक गोलले अघि रह्यो।

त्यस्तै दोस्रो हाफको सुरुमै ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुलको अग्रता बढाए। उनले ४७ औं मिनेटमा गोल गरेका थिए। तर त्यसको दुई मिनेटमै पिअरे इमिली हलब्याले टोटेनहमका लागि गोल फर्काए। त्यस्तै ४७ औं मिनेटमा साडियो मानेले आर्नोल्डको पासमा गोल गर्दा लिभरपुलले ३-१ गोलअन्तरले जित निकाल्यो।

जितसँगै २० खेलबाट ३७ अंक जोडेको लिभरपुल अंकतालिकाको शीर्ष चारमा उक्लिएको छ। उता टोटेनहम भने १९ खेलबाट ३३ अंक जोड्दै तालिकाको तालिकाको छैटौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell