PahiloPost

Jun 15, 2026 | १ असार २०८३

भक्तपुरमा घरको दोस्रो तलाबाट खसेका एक पुरुषको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा घरको दोस्रो तलाबाट खसेका एक पुरुषको मृत्यु

काठमाडौंः भक्तपुरमा घर बनाउँदै गर्दा घरको तलाबाट खसेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ।

माघ १० गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ ठिमी कुण्डोलमा पक्की घर बनाउँदै गर्दा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भएका ४० वर्षीय प्रेम मगर घाइते भएका थिए। मध्यपुर ठिमी भक्तपुर अस्पतालमा उपचार गराई रहेका मगरको बिहीबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मगर ठाकुर अधिकारीको पक्की घर बनाउने क्रममा घरको दोस्रो तलाबाट झरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell