PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

महिला लिग: आर्मीलाई चन्द्रपुरको चुनौती



पहिलोपोस्ट

महिला लिग: आर्मीलाई चन्द्रपुरको चुनौती

काठमाडौं: महिला राष्ट्रिय लिग अन्तर्गत आज हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धामा उत्रँदै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा आर्मी जित निकाल्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा रहने छ।

जारी प्रतियोगितामा ३ खेलबाट ४ अंक जोडेको आर्मी तालिकाको पाँचौं स्थानमा छ। त्यस्तै चन्द्रपुर तीन अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ। खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell