PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

बहुमत कसको पक्षमा छ भन्ने निरुपण नभएको भन्दै निर्वाचन आयोगसँग प्रचण्ड-नेपाल समूहले माग्यो तीन दिनको समय



पहिलोपोस्ट

बहुमत कसको पक्षमा छ भन्ने निरुपण नभएको भन्दै निर्वाचन आयोगसँग प्रचण्ड-नेपाल समूहले माग्यो तीन दिनको समय

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगसँग छलफलका लागि तीन दिनको समय मागेको छ।

दल दर्ताको सूचना सार्वजनिक गर्ने विषयलाई लिएर निर्वाचन आयोगले नेकपाका दुवै समूह ओली र प्रचण्ड-नेपालका ५/५ जना नेतालाई बोलाएको थियो।

आयोगमा पुगेर ३ दिनको समय मागेर फर्किएको प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।

'निर्वाचनबारे रिपोर्टिङ र दल दर्ताको सूचना सार्वजनिक गर्नेबारे बोलाउनुभएको रहेछ। हामीले ३ दिनको समय मागेर फर्किएका छौं,' उनले भने।

निर्वाचन आयोगले नेकपाको ४ सय ४१ जनाको केन्द्रीय कमिटीलाई नै आधिकारिक मानेकाले कून समूहमा बहुमत छ भन्ने निरुपण नभइ दल दर्ता हुन नसक्ने प्रचण्ड-नेपाल समूहको ठहर छ।

निर्वाचन आयोगले बिहीवार प्रचण्ड र ओली आफै वा तोकिएका प्रतिनिधिलाई पठाउँन लिखित जानकारी गराएको थियो।

प्रचण्ड आफैले निर्वाचन आयोगको छलफलमा भाग लिन खोजेकाले पनि केही दिनको समय मागिएको पोखरेलको भनाई छ। उनले प्रचण्ड माघ १८ सम्म काठमाडौं बाहिर नै रहने र त्यसपछि मात्रै बोलाउन आयोगलाई आग्रह गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell