PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

२३ लाख रुपैयाँसहित लागू औषध कारोबारी समातिए



पहिलोपोस्ट

२३ लाख रुपैयाँसहित लागू औषध कारोबारी समातिए

काठमाडौं : लागू औषधको कारोबार गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले धादिङ धनियावास गाउँपालिका वडा नम्बर ४ घर भएका ३१ वर्षीय मनिष भनिने दुर्गा सिंह तामाङ्लाई नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले २५ दशमलव २ ग्राम खैरो हिरोइन र तौल गर्ने मेसिन समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, कारोबार गरेको २३ लाख ४० हजार रुपैयाँ समेत प्रहरीले तामाङको साथबाट बरामद गरेको छ। उनलाई काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ८ स्थित रमणबस्तीबाट पक्राउ गरिएको हो।

यसअघि पनि व्यूरोको टोलीले ठूलो परिमाणको ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले ब्राउन सुगर ५३६.५ ग्राम, एम्फेटामा २ थान, ६ लाख ७१ हजार ५ सय रुपैयाँ, अमेरिकन डलर ६ हजार १ सय र ३ थान सवारी साधन बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell