PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

माधव नेपालको दाबी : केपी ओली ओरालो लागिसके, गाली मात्रै सिक्नुभएको रहेछ, कुन डिक्सनेरी रै'छ?



पहिलोपोस्ट

माधव नेपालको दाबी : केपी ओली ओरालो लागिसके, गाली मात्रै सिक्नुभएको रहेछ, कुन डिक्सनेरी रै'छ?

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ओरालो लागेको दाबी गरेका छन्। विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपालले निर्वाचन आयोगले ओलीलाई धक्का दिएको दावी गरे।

'केपी ओली ओरालो लागिसके। ओलीका मानिसको होस हवास भएका छन्। पहिलो धक्का निर्वाचन आयोगबाट पाउनुभएको छ। तपाईँको सडक छाप पार्टी १५ सय १ को काम छैन भन्यो,' उनले भने। ‌ओलीले पार्टीको केन्द्रीय सदस्य संख्या बढाएको विषयलाई लिएर नेपालले ब्यङ्ग्य गरेका हुन्।

ओलीले संविधानको घाटी निमोठेको नेपालको तर्क थियो।

ओलीले पार्टीमा तमासा गरेको आरोप बताए। प्रथम अध्यक्ष दाबी गर्ने ओलीले नै पार्टीको अनुशासन उल्लंघन गरेको बताउँदै भने, 'पार्टीभित्र कसैले तमासा गरिरहेको छैन। आफूलाई प्रथम अध्यक्ष भन्ने अनि पार्टीको अनुशासन उल्लंघन गर्ने? कम्युनिस्ट पार्टीको क ख... पढेकाले पनि भन्न सक्छ अनुशासन भनेको के भनेर।'

ओलीले बाटाबाटामा डमरु बजाउँदै आउनुस् केन्द्रीय सदस्य लिनुस् भनेको नेपालले आरोप लगाए।

उनले ओली गुटमा अहिले विजोग भइरहेको सुनाए। 'केपी ओलीको गुटमा अहिले बिजोग छ। न घरको न घाटका भएका छन्। त्यो गुटको केही काम छैन। केपी ओलीले कहिल्यै रचनात्मक काम गर्दैनन्। पछारिए पछि पनि मेरो खुट्टा त माथि नै छ भन्छन्। केपी ओलीले केके भनेका छैनन्। हामी त्यो सबैको चर्चा गर्न पनि चाहँदैनौं,' उनले भने।

आफूले नयाँ समाजको निर्माण गर्न चाहेको नेपालले बताए। कसैले ओलीको भ्रमलाई पत्याउन नहुने उनको भनाई थियो। 

'तपाईँलाई भ्रम हुनु जरुरी छैन। यो लडाइ पदको होइन। यो विचारको लडाइ हो। कस्तो पार्टी बनाउने लडाइ हो। केपीलाई पार्टीको मतलब छैन,' उनले ओलीलाई आरोप लगाउँदै भने, 'लोकतन्त्र सिध्याउन लाग्नुभएको छ। उहाँलाई समावेशीतासँग अरुचि छ। उहाँ बनाउने होइन बिगार्ने काम गर्नुहुन्छ। हामी बनाउने कामममा हामी जुटेका छौं। हामी र केपी ओलीमा आकाश पातलको फरक छ।'

केपी ओलीलाई नवौं महाधिवेशनमा जिताउनु पार्टीको कमजोरी भएको उनको भनाई छ। उपाध्यक्ष वामदेव गौतमले समेत ओलीलाई जिताउनु गल्ती भएको स्वीकारेको नेपालले बताए।

'केपी ‌ओलीलाई जिताएमा पार्टीमा दुर्दशा हुन्छ भनेको थिएँ। बामदेवले भनिरहेका छन्। कस्ता मानिसलाई जिताइएछ,' उनले भने।

एमाले-एमाले एक हौ भनेर प्रचार गरिएको भए पनि केपी ओली कहिल्यै एमाले नभएको उनको आरोप थियो।

आफू र प्रचण्ड दुई पार्टीको मुलधार भएको र एक अर्कामा विलय नभइ दुवै पार्टीलाई बिघटन गरी एकीकरण गरेको उनको तर्क थियो।

एकतापछि ओलीले धम्क्याएको नेपालले आरोप लगाए।

'अब एमाले र माओवादीकोका काम छैन। नयाँ पार्टी आयो, नयाँ पार्टी आएपछि ओलीले धम्क्याउनु भयो। जब पार्टीका बहुमत मानिसहरु उनका बिरुद्धमा गए,' उनले भने।

केपी ओलीका साथमा १ सय जनामा मात्रै रहेको नेपालको दाबी छ। ओलीको साथमा रहेकाहरु पनि पश्चाताप गरिरहेको उनले बताए।

'उनीहरु पनि कहाँ आएर फसियो भन्दैछन्। केपी ओलीका समूहमा रहेकाहरु मुख लुकाइलुकाइ बालुवाटार जान्छन्,' उनले भने,' प्रचण्डलाई कार्यकारी भनिएको थियो। ओलाई मुड चल्यो कार्यकारी झोक चल्यो, खोसिदिन।'

केपी ओली प्रधानमन्त्री पदको दुरुपयोग गरेको नेपालले आरोप लगाए। ओली टुहुरो भएर धारे हात हल्लाइरहेको नेपालको टिप्पणी थियो। ओलीले गालीमात्रै सिकेको बताए।

'ओली टुहुरो भएर धारे हात हल्लाइरहनु भएको छ। गाली गलौजमात्रै सिक्नुभएको छ। कुन डिक्सनेरीबाट सिक्नुभएछ?,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell