PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

प्रधानमन्त्री कपको ट्रफी सार्वजनिक, फाइनल पुगेका दुवै टिमका कप्तान् भन्छन् : हाम्रो बेस्ट दिनेछौं

प्रधानमन्त्री कपको ट्रफी सार्वजनिक, फाइनल पुगेका दुवै टिमका कप्तान् भन्छन् : हाम्रो बेस्ट दिनेछौं

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको ट्रफी क्यानले आज सार्वजनिक गरेको छ। नेपाल क्रिकेट संघले (क्यान)ले आज कीर्तिपुर टीयू क्रिकेट मैदान परिसरमा ट्रफी सार्वजनिक गरेको हो।

प्रतियोगिताको फाइनलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब छन्। एपीएफका कप्तान शरद भेषवाकरले प्रतियोगिताको फाइनलमा पुग्दा उत्साहित भएको बताए।

'व्यक्तिगत प्रदर्शन भन्दा पनि एउटा टिमको रुपमा राम्रो प्रदर्शन भइरहेको छ,' एपीएफका कप्तान भेषवाकरले भने, ' प्रतियोगिताको फाइनलमा पुग्नु ठूलो कुरा हो सबै उत्साहित हुनुहुन्छ।'

त्यस्तै, आर्मी कप्तान विनोद भण्डारी यसअघिको इतिहास केलाउने भन्दा पनि भोलिको खेलमा केन्द्रित रहेको बताए।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन्।

सेमिफाइनलिस्ट टिमहरुले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले २५ हजार प्राप्त गर्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell