PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ



रासस

अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

सर्लाही : सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले बुधवार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो। सञ्चालक अग्रवाललाई आज सर्लाही ल्याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

उनले जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला ल्याइएको जानकारी दिए। उनका अनुसार सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई काठमाडौंमा पक्राउ गरिएको थियो। अग्रवालविरुद्ध १७ करोड रुपैयाँ माग दावी गर्दै उखु उत्पादक किसानले जाहेरी दिएका थिए। सोमध्ये उनले १२ करोड ६३ लाख ७२ हजार १९८ तिरिसकेको बताइएको छ।

‘अग्रवाल पक्राउ परेको खबर पाएपछि थप किसानको पनि जाहेरी आउनसक्छ’, प्रहरी उपरीक्षक राठौरले भने, ‘काठमाडौंमा पक्राउ परेका अग्रवाललाई सर्लाही ल्याइएको छ।’

उखुको भुक्तानी नपाएपछि किसानले काठमाडौंसम्म पुगेर आन्दोलनसमेत गरेका थिए। यसपछि गृहमन्त्रालयले चिनी उद्योगका सञ्चालकलाई पक्राउ गरेर भए पनि किसानका रकम प्रदान गर्ने प्रक्रिया सुरुवात भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell