PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कोभिड-१९ अपडेट : थप १५७ जनामा संक्रमण, पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु



पहिलोपोस्ट

कोभिड-१९ अपडेट : थप १५७ जनामा संक्रमण, पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप १५७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या दुई लाख ७० हजार ७४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। हिजो कसैको पनि मृत्यु नभएकोमा आज ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोभिड-१९ को संक्रमणबाट दुई हजार २५ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३३३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ।

हाल नेपालमा तीन हजार २२ जना सक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell