PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

भारतको संविधानले संसद विघटन हुन्छ भन्नुहुन्छ भने त्यतै जानुस्, श्रीमान् यो नेपाल हो : गगन थापा



पहिलोपोस्ट

भारतको संविधानले संसद विघटन हुन्छ भन्नुहुन्छ भने त्यतै जानुस्, श्रीमान् यो नेपाल हो : गगन थापा
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेका नेता गगनकुमार थापाले घर बनाउन औजार दिएर पठाएका प्रधानमन्त्री केपी शर्मा ओलीले जग नै भत्काएको आरोप लगाएका छन्। 

उनले जनताले संविधान 'जग' बनाएर बहुमत दिएर हेड मिस्त्री बनाएर घर बनाउन पठाएको उनले जग नै भत्काउन थालेको आरोप लगाए। ओलीको सनकको कारणले सिंगो देशलाई दुर्घटनामा पुर्‍याइदिएको बताउँदै उनले भने, 'इतिहासमा केपी ओलीको नाम एउटा अयोग्य संविधान विघटन गर्ने पात्रको रुपमा सम्झनेछ। जनताको लागि लड्ने पात्रको पानामा केपी ओलीको नाम लेखिने छैन। नेपाली जनताको अधिकार खोज्ने शासकहरुको पङ्क्तिमा तपाईँको नाम लेखिने छ।' 

उनले प्रतिनिधिसभा विघटनको पक्षमा बोल्न नसक्ने कांग्रेसका नेताप्रति पनि आक्रोश गरे।

'केही लड्डु कांग्रेसहरु मैदानमा आएका छन्। यो हातमा पनि लड्डु त्यो हातमा पनि लड्डु, त्यस्ता कांग्रेसलाई चिर्दै अगाडि बढ्नुपर्ने छ,' उनले भने, 'चुनाव जित्ने कुरा दलले सोच्छ। खेल मैदानमा जाँदै गर्दा अर्को पार्टीमा भएका खेलाडीहरु एकअर्कालाई हानेर लड्दै छन्। यस्तो बेला गोल हान्न सकिन्छ भन्ने मलाई पनि लागेको छ। तपाईँलाई पनि लागेको छ। तर, खेल मैदान रहे त खेलौँला। आज प्रश्न तपाईँ संसद पुनस्थापनाको पक्षमा कि निर्वाचनको प्रश्न होइन प्रश्न संविधानको हो।'

काँग्रेसका नेताहरुले सर्वोच्च अदालतमा मुद्दा परिसकेकाले बोल्न नहुने बताएको सन्दर्भ उठाउँदै थापाले त्यसको विरुद्धमा पनि अभिव्यक्ति दिए। 'साथी अदालतको बारेमा बोल्नुहुन्न। म भन्छु वीपी कोइरालाको पार्टीको कार्यकर्ता हुँ। यही वीपी कोइराला हो। सर्वोच्च अदालत न्यायएको चार किल्ला भित्र न्यायको हत्या नहोस्,' उनले भने।

अदालत तर्फबाट हेरेर पञ्चायतको बेलामा फाँसी मुद्दा लागेका बेलामा वीपी कोइरालाका कार्यकर्ताहरु अहिले रामशाहपथ देखेर परपर भागेर अदालतको बारेमा बोल्दिन भन्छ भने त्यो कायर हुने उनको तर्क थियो।  'पुस ५ गते केपी शर्मा ओलीले गरेको काम असंवैधानिक कदम हो। असंवैधानिक केपीको कदम मुर्दावाद हो। पार्टीको नारा यही हो यो भन्दा दायाँ बायाँ केही हुँदैन,' गगनले भने, 'अदालतको बारेमा कांग्रेस बोलिसक्यो- पुस ५ गतेको निर्णय असंवैधानिक हो भनेर कांग्रेसले बोलिसक्यो।' 

उनले अदालतले प्रतिनिधिसभा विघटनको निर्णय सदर गर्न नसक्ने उनले दावी पनि गरे।

'तपाईँहरु संविधान पल्टाएर हेर्नुभएको छ। पल्टाउने पनि त्यही हो। श्रीमान् संविधानको धारा र अक्षर शून्यबाट आएको होइन। त्यही संविधानसभाबाट आएको हो। त्यही दुई'टा संविधानसभाको सदस्य हुँ म,' उनले भने, 'संसारमा कहीँ पनि नभएको व्यवस्था प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव लगाउन नपाइने व्यवस्था संविधानमा छ। त्यतिन्जेल प्रधानमन्त्री निर्धक्क बस्नुभयो। दुई वर्षसम्म संविधानलाई सिरानी हालेर बस्ने।'

संविधानले विघटन गर्न दिएन भनेर भारत र बेलायतको संविधानको व्यवस्था उल्लेख गरेकोलाई समेत गगनले कडा रुपमा प्रतिवाद गरे। भने, 'त्यसो भए भारत जानुस्। यो नेपाल हो श्रीमान् नेपालको संविधान लागू हुन्छ।' 

नेता थापाले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था अन्जानबस परेको नभइ योजनावद्ध रुपमा राखिएको दावी गरे। 'धारा ७६ लेख्ने संविधानको मस्यौदा समितिको सदस्य हुँ सम्माननीय अदालतका श्रीमानलाई भन्न चाहन्छु। हामी जनताका प्रतिनिधि हौँ। नजानेर नबुझेर धारा १, २, ३, ४, ५, ६, ७, लेखेको होइन्। बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउँछ भनेको भए, लेख्न नआउने हो?,' गगनको प्रश्न थियो, 'पढ्न नआउने हो? सरासर ४७ सालको संविधानको धारा ५३ जस्तो बहुमत प्राप्त प्रधानमन्त्रीले भंग गर्छ भनेर लेखिहाल्थ्यौँ नि।' 

यति गर्दागर्दै संसद भंग सदर हुन्छ भने प्रश्न उठ्ने उनको तर्क थियो। अदालतले पनि संविधानले लेखेको कुरा ब्याख्या गर्ने हो काल्पनिक कुरा गर्ने होइन् भन्दै उनले अदालतले संविधानमा थपघट गर्न नसक्ने समेत बताए।

'संविधानमा नलेखिएको संसद विघटन गरेको कुरा गलत हो भन्दै गर्दा नेपालको प्रधानमन्त्रीले विधिको शासनमा विश्वास गर्नुहुन्न सेटिङको शासनमा विश्वास गर्नुहुन्छ भन्दैगर्दा कसैलाई अपहेलनाको मुद्दा लाग्छ भने लागोस् भोग्न तयार छौँ,' उनले थपे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell